काठमाडौं । प्रतिष्ठित १३३औं डुरान्ड कपतर्फ उत्कृष्ट लयमा रहेको इण्डियन आर्मीले समूह चरणतर्फ बुधबार लगातार दोस्रो जित हात पारेको छ । समूह डी तर्फ आफ्नो पहिलो खेलमा चेन्नईन एफसीलाई हराएको इण्डिन आर्मीले बुधबार आसाम राइफल्समाथि ३–० को जित निकाल्यो ।
जमशेदपुरमा भएको खेलमा इण्डिन आर्मीका लागि खेलको सातौं मिनटमा नेपालका पूर्व राष्ट्रिय युथ तथा ए डिभिजन खेलाडी एलन थापाले पहिलो गोल गरे । दोस्रो गोल ६८औं मिनटमा प्रदिपले पेनाल्टीबाट गर्दा तेस्रो गोल ९०औं मिनटमा सुनिलले गरेका थिए ।
यो जितपछि इण्डियन आर्मीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । दुई खेलबाट समान ६–६ अंक जोडेका घरेलु टोली जमशेदपुर एफसी र इण्डियन आर्मी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन चेन्नईन र आसाम राइफल्स भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै समूह चरणबाट बाहिरिएका छन् ।
समूह चरणको अन्तिम खेलमा १४ अगस्तका दिन इण्डियन आर्मी र जमशेदपुर एफसी भिड्ने छन् । यी दुई बीचको खेलको नतिजाले समूह डी बाट नकआउट चरणमा प्रवेश गर्ने शिर्ष टोलीको टुंगो लाग्नेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने