News
प्रथम तरहरा एमएफसी कप हुने
इटहरी । एमएफसी, इटहरी, तरहराको आयोजनामा यही साउन ३१ र ३२ गतेका दिन प्रथम तरहरा एमएफसी कप खुला फुटसल प्रतियोगिता हुने भएको छ । इटहरी–२०, तरहरामा हुने प्रतियोगिताको साउन २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने क्लबले आफ्नो स्क्वाडमा राष्ट्रिय फुटसल टिम वा ए डिभिजन फुटसल लिग खेलेका दुई खेलाडीहरुलाई मात्र सामेल गर्न पाउने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि