
नेपाली राष्ट्रिय टोलीका पूर्व स्टार खेलाडी बसन्त गौचनको पहलमा आर्थिक संकटमा रहेका बुढानिलकण्ठ नगरपालिकाका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग गरिएको छ ।
जापानमा रहेका गौचनले उनकै सक्रियतामा रहेको नेपाएज संस्थाको तर्फबाट फुड बैंक मार्फत बुढानिलकण्ठमा सहयोग गरेका हुन् ।
बसन्त अध्यक्ष र प्रकाश तुलाचन उपाध्यक्ष रहेको नेपाल युथ सकर प्रोजेक्टमार्फत सहयोग उपलब्ध गराइएको हो ।
बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीका अनुसार मंगलबार फुड बैंक मार्फत अशक्त ६३ परिवार र श्रमिक ६५ सहित कुल १ सय ३५ परिवारलाई खाद्यान्य सहयोग गरिएको हो ।
बुढानीलकण्ठ नगर वडा–५ मा दैनिक मजदुरी गर्ने श्रमिक र वडा–४ शारीरिक अशक्त भएकाहरुलाई खाध्य सामग्री वितरण गरिएको हो ।
खाद्यान्यमा चामल, तेल, दाल, नुन, मस्यौरा, चाउचाउ लगायत सामग्री छन् । एक परिवारलाई एक सातासम्म पुग्ने गरि सामग्री वितरण गरिएको हो । सहयोग वितरणमा परिवर्तनको लागि जोडिएका हातहरु र बुढानीलकण्ठ युवा समाजको सहकार्य गरेको थियो ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न