काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्त्वपूर्ण सदस्य साबित्रा भण्डारी आफ्नो वर्तमान फ्रेन्च क्लब गुइनग्याम्पसँगको क्लब ड्युटीका लागि फ्रान्स पुगेकी छिन ।
गुइनग्याम्पले आफ्नो आधिकारिक सामाजिक संजालमा तस्विर पोस्ट गर्दै साबित्रा क्लबको नियमित अभ्यासमा फर्किएको जानकारी गराएको हो ।
योसँगै साबित्राले यस सिजन पनि गुइनग्याम्पका लागि फ्रान्सको शिर्ष महिला लिग खेल्ने पक्का भएको छ । साबित्रा गत सिजन मात्र गुइनग्याम्पमा आवद्ध भएकी थिइन । गत सिजन गुइनग्याम्पले लिगतालिकाको दशौं स्थानमा रहेर सिजनको समापन गरेको थियो ।
साबित्राले एपीएफका लागि एएफसी महिला च्याम्पियन्स लिग नखेल्ने
त्यस्तै गुइनग्याम्पका लागि फ्रान्स पुगेकी साबित्राले आउँदो अगस्तमा मलेसियामा हुने एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतियोगिता एपीएफका लागि नखेल्ने पक्का भएको छ ।
स्मरण प्रतियोगिताको प्रारम्भिक चरणतर्फ सी मा परेको एपीएफले उज्वेकिस्तानको नसाफ र मलेसियाको सबाह एफएसँग खेल्ने कार्यक्रम छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने