
काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको चौथो चरणका खेलहरु पनि सकिएका छन् ।
शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग मनाङ मस्र्याङ्दी क्लबले २–० को हार बेहोर्यो । सातदोबाटोका लागि सोनमछिरिङ गुरुङ्ग र प्रज्वल कार्कीले गोल गरे ।
यो नतिजापछि चार खेलबाट ९ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ । उता महत्वपूर्ण जित हात पारेको सातदोबाटो भने ४ अंकका साथ सातौं स्थानमा छ ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । पुलिसका लागि सुवास बमले दुई गोल गरे भने थप एक गोल साजनराज गौतमले गरे । त्यस्तै जावलाखेलका लागि भने निशान राईले एक मात्र गोल फर्काएका थिए ।
यो नतिजापछि ४ खेलबाट १० अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित जावलाखेल भने २ अंकका साथ पुछारतिर दशौं स्थानमा छ ।
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग