News
डुरान्ड कप खेल्न जाने आर्मी टोलीको विदाई
काठमाडौं । भारतमा आयोजना हुने प्रतिष्ठित १३३औं डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्न जाने त्रिभुवन आर्मी फुटबल क्लबलाई बिहीबार विदाई गरिएको छ ।
सेनाको मुख्यालयमा भएको विदाई कार्यक्रममा आर्मीका खेलाडी तथा अफिसियलहरुलाई सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले शुभकामनासहित टोलीलाई विदाई गरे ।
स्मरण रहोस, डुरान्ड कपतर्फ यसपटक समूह एफमा परेको आर्मीले आफ्नो पहिलो खेल अगस्त २ तारीखका दिन घरेलु टोली शिलोङ लाजोङसँग खेल्नेछ ।
दोस्रो खेल ८ अगस्तका दिन इण्डियन सुपर लिग क्लब एफसी गोवासँग खेल्नेछ भने समूह चरणको आफ्नो अन्तिम खेल १३ अगस्तका दिन अर्को इण्डियन सुपर लिग क्लब हैदराबाद सिटी एफसीसँग खेल्नेछ ।
समूह एफका सबै खेलहरु शिलोङ स्थित जवाहरलाल नेहरु नेशनल स्टेडियममा हुनेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल