काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले सिजनको दोस्रो जित दर्ता गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले तेस्रो हार बेहोरेको छ ।
बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले एफसी खुमलटारमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । मच्छिन्द्रका लागि कबिर तामाङ र रोनिक राना मगरले गोल गरे । पराजित खुमलटारका लागि भने पवन दर्लामीले गोल फर्काएका थिए ।
यो जितपछि मच्छिन्द्रको ४ खेलबाट ८ अंक भएको छ र लिगतालिको शिर्षता कै होडमा रहेको छ । उता पराजित खुमलटारको भने समान ४ खेलबाट ३ अंक मात्र छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा आर्मीले चर्च ब्वाईज युनाइटेडसँग शून्यका विरुद्ध २ गोलको हार बेहोरेको छ । चर्च ब्वाईजका लागि दावा छिरिङ लामा र शिशिर यसमालीले गोल गरे ।
चर्च ब्वाईजको चार खेलबाट ८ अंक भएको छ र शिर्ष तीन कै होडमा सामेल छ । उता पराजित आर्मीको खातामा भने ४ खेलबाट एक अंक मात्र छ र पुछारतिर संघर्षरत छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)