काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले फराकिलो जितका साथ उत्कृष्ट शुरुवात गर्दा अर्को विभागीय टोली एपिएफ बराबरीमा रोकिएको छ ।
सोमबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा पुलिसले थ्रीस्टार क्लबलाई ७–२ को फराकिलो अन्तरले हरायो । पुलिसको जितमा बिक्रम गौतमले ह्याट्रिकसहित चार गोल गर्दा सुवास बम, साजनराज गौतम र आदित्य ढुंगेलले समान १–१ गोल गरे । उता पराजित थ्रीस्टारका लागि भने सनिल स्याङतन र अरुण टमाटाले गोल फर्काएका थिए ।
सोमबार नै भएको अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा एपिएफका लागि आयुष फुयालले गोल गरे भने जावलाखेलका लागि विवश दर्लामीले गोल गरेका थिए ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन