
काठमाडौं । प्रतियोगिताको शुरुवातबाटै आफ्नो बलियो दावेदारिता पेश गरेको स्पेनले युईएफए युरो-२०२४ को उपाधी चौथोपटक जित्न सफल भएको छ ।
आइतबार अबेर राती सम्पन्न फाइनलमा स्पेनले इङ्ल्याण्डको चुनौती २-१ ले पन्छाउँदै चौथोपटक युरोपको च्याम्पियन बन्न सफल भएको हो ।
जर्मन शहर बर्लिनमा भएको उपाधी भिडन्तमा दुवैतर्फबाट भएका तीन गोलहरु दोस्रो हाफमा मात्र सम्भव भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले स्पेनका लागि शुरुवाती गोलको खाता खोलेका थिए ।
तर, वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका कोल पाल्मरले ७३औं मिनेटमा इङ्लिश टोलीका लागि बराबरी गोल फर्काउन सफल भए । यद्यपि इङ्ल्याण्डले पनि त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन ।
अन्तिमतिर ८६औं मिनेटमा मिकेल उगार्टेले स्पेनका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित सुनिश्चित गरेका थिए ।
यो हारसँगै लगातार दोस्रोपल्ट युरोको फाइनल पुगेको इङ्ल्याण्ड फेरि पनि उपविजेता मै चित्त बुझाउन बाध्य बनेको छ । स्मरण रहोस, इङ्ल्याण्डले गत संस्करणको फाइनलमा इटालीसँग हार बेहोरेको थियो ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात