News झापा एफसीका अध्यक्ष खड्का र उनको परिवारद्वारा विद्यार्थीहरुलाई सहयोग र प्रायोजन
गोलनेपाल

बिर्तामोड । खेलकुदसँगै सामाजिक कार्यमा पनि आफूलाई क्रियाशील राखेका झापा फुटबल क्लबका अध्यक्ष अर्पन बिक्रम खड्का र उनको परिवारद्वारा १४ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

खड्काको परिवारले लिला माया खड्का–आदर्श फाउण्डेशनमार्फत पशुपति मावि, बाह्रदशी–३, राजगढका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग र प्रायोजन गरेको हो ।

जसमा १४ विद्यार्थीहरुलाई दुई जोर शैक्षिक पोशाक, एक जोर जुत्ताका साथ कापी, कलम र ब्याग एक वर्षका लागि प्रायोजन गरेका हुन् । त्यस्तै विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयले भर्ना शुल्क, मासिक शुल्क र पुस्तक शुल्क नलिने गरी विद्यार्थीहरुलाई सहयोग गरेको खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काले खेलकुद आफ्नो रुचीको विषय भए तापनि समाजसेवालाई जिम्मेवारीका रुपमा लिएको बताए । उनले समाजका लागि केही न केही गर्नैपर्ने आफ्नो स्वभाव भएकाले यो पवित्र कार्यक्रमा आफूलाई परिवारको पनि राम्रो साथ मिलेको प्रतिक्रिया दिए ।

Post Comments