News अष्ट्रेलियालाई तेस्रोपटक उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इण्डोनेसियामा सम्पनन पूर्वी एसियाका देशहरु सम्मिलित एसियान यु–१६ ब्वाईज च्याम्पियनसिपको उपाधि अष्ट्रेलियाले जितेको छ । स्मरणीय छ, अष्ट्रेलियाले यसअघि सन् २००८ र २०१६ मा पनि यो उपाधि जितेको थियो ।

इण्डोनेसियन शहर सुराकर्तामा भएको उपाधि भिडन्तमा अष्ट्रेलियाले थाइल्याण्डलाई सडन डेथमा ८–७ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक इण्डोनेसियाले भियतनामलाई ५–० ले हरायो । स्मरण रहोस, सेमिफाइनलमा इण्डोनेसियाले अष्ट्रेलियासँग हार बेहोरेको थियो भने भियतनामले थाइल्याण्डसँग पराजय बेहोरेको थियो ।

Post Comments