News १०औं भलुवा गोल्डकपको खेलतालीका सार्वजनिक
गोलनेपाल

दुहबी । गोल्डेन स्टार युथ क्लब, दुहबी-७, भलुवा, सुनसरीको आयोजनामा यही जेठ ३० गतेदेखी शुरु हुन गईरहेको १०औं भलुवा गोल्डकपको खेलतालीका सार्वजनिक गरिएको छ ।

दुहबी-७ भलुवा स्थित भलुवा फुटबल मैदानमा हुने उद्घाटन खेलमा जेठ ३० गतेका दिन राष्ट्रिय जागृती क्लब, इटहरी र गढी युथ स्पोर्टिङ क्लब, गढी, सुनसरी भिड्ने छन ।

सुनसरी जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा कुल ८ टोलीहरु सहभागी छन । फाइनल खेल भने असार ४ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै बिधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार पाउने आयोजकले जानकारी दियो ।

Post Comments