News ताप्लेजुङ जिल्ला ए डिभिजन लिग शुरु, प्रगतिशील र लालिमाको विजयी शुरुवात
गोलनेपाल

फुङलिङ । ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको ताप्लेजुङ जिल्ला ए डिभिजन लिगतर्फ प्रगतिशील युवा क्लब र लालिमा क्लबले आ–आफ्नो खेलहरुमा जित हात पार्दै विजयी शुरुवात गरेका छन् ।

दिनको पहिलो खेलमा प्रगतिशीलले जलजले क्लबलाई १ का विरुद्ध ३ गोलले हरायो । खेलमा प्रगतिशीलका दिपेश लिम्बु म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेलमा लालिमाले चागे माछापोखरी हिटी क्लबलाई शून्यका विरुद्ध २ गोलले निराश बनायो । खेलमा लालिमाका सन्तराज लिम्बु म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमकाबीच प्रमुख अतिथी आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमु, ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ लगायतले गरेका थिए ।

 

 

Post Comments