News महिलातर्फ ताप्लेजुङ र मुनाल बी फाइनलमा
रमेश समदर्शी

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित महिलातर्फको फुटबल प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघ र मुनाल एफसी बी जलजले फाइनलमा पुगेका छन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङले मुनाल एफसीको ए टिमलाई टाइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । ताप्लेजुङका लागि समिक्षा मगरले दुवै गोल गरेकी थिइन् ।

तर, २-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै मुनालले २-२ गोलको बराबरीमा ल्याएको थियो । मुनालका लागि दोस्रो हाफमा आशिका कार्कीले दुवै गोल गरेकी थिइन् ।

यसैगरी, दोस्रो सेमिफाइनल खेलमा मुनालको बी टिमले छथर जोरपाटीविरुद्ध जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दुवै टोलीले निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो ।

Post Comments