News भरतपुरमा सेन्ट्रल कलेज अन्तर कलेज फुटसल हुने
गोलनेपाल

भरतपुरमा सेन्ट्रल कलेज अन्तर कलेज फुटसल हुने भएको छ । ह्याण्ड इन ह्याण्डको आयोजनामा जेठ १८ र १९ गते उक्त फुटसल हुने भएको हो ।

द जिएमआईसँगको सहकार्यमा हुने फुटसलमा चितवन, नवलपुर र मकवानपुरका ४० भन्दा बढी कलेजहरु सहभागी हुनेछन् । प्रतियोगिताका खेलहरु भरतपुरको बाह्रघरेस्थित क्यासी स्पोर्टस एण्ड रिक्रियसनल सेन्टरमा हुने ह्याण्ड इन ह्याण्डकाका निर्देशक निकेश अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गर्ने अधिकारीले बताए । उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कलेजस्तरका युवा खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि फुटसल आयोजना गरिएको द जिएमआईका प्रवन्ध निर्देशक महेश लामिछानेले जानकारी दिए । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपालबाट हुनेछ ।

Post Comments