News फेरि शिर्ष स्थानमा उक्लियो आरसी३२
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबारदेखि दशौं चरणको खेलहरु शुरु हुँदै आरसी३२ फुटबल एकेडेमी फेरि लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा आरसी३२ ले मनोहरा युनाइटेड युथ क्लबलाई २–१ ले हराउँदै शिर्ष स्थानमा उक्लिएको हो ।

आरसी३२ का लागि आशिष लावती र किस्मत लिम्बुले गोल गरे । उता पराजित मनोहराका लागि भने उत्तम शाहीले एक गोल फर्काएका थिए ।

यो जितसँगै १० खेलबाट २२ अंक जोडेको आरसी३२ लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ । त्यस्तै पराजित मनोहरा भने १४ अंकका साथ पाँचौं स्थानमा छ ।

Post Comments