News यु–१३ इन्टर स्कुल सेभेन ए साईड फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । के स्पोर्टस एकेडेमीको आयोजनामा यही जेठ १० र ११ गतेका दिन यु–१३ इन्टर स्कुल सेभेन ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

चुचेपार्ट भाटभटेनी फुटसलमा लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9840579520 मा पनि सम्पर्क गर्न सकिने आयोजकले जानकारी दियो ।

Post Comments