News समाज कल्याणको उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ मंगलबार समाज कल्याण खेलकुद केन्द्रले उत्कृष्ट जित हात पारेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा समाज कल्याणले सानेपा क्लबमाथि ४–० को उत्कृष्ट जित हात पारेको हो ।

समाज कल्याणका लागि सन्तोष श्रेष्ठ, सन्दिप सेन्चुरी, निरज परियार र मिलन स्याङ्तनले गोल गरे । यो जितपछि ९ खेलबाट १६ अंक जोडेको समाज कल्याण लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित सानेपा भने ११ अंकका साथ नवौं स्थानमा छ ।

मंगलबार नै भएको अर्को खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ९ खेलबाट १२ अंक जोडेको सामाजिक लिगतालिकाको सातौं स्थानमा छ । उता खालीबार भने १० अंकका साथ दशौं स्थानमा छ ।

Post Comments