News रानीटार र चोलुङको जित
गोलनेपाल

पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा खेलाडी बिमा सहितको पाँचथर जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा रानीटार युनाइटेड र चोलुङ क्लबले जित हात पारेका छन् ।

जित हात पार्ने क्रममा रानीटारले न्यु पाथीभरा युवा क्लबलाई ३–१ को अन्तरले हरायो । त्यस्तै अर्को खेलमा चोलुङले टु स्टार ग्रामिण सिर्जनशील क्लबलाई शून्यका विरुद्ध १ गोलको अनतरले हरायो ।

त्यसैगरी थप अर्को खेलमा फिदिम स्र्पोटिङ क्लब र तिजोक युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

Post Comments