News
चर्च ब्वाईज र आर्मीलाई एएफसी क्लब लाइसेन्स, चर्च ब्वाईजले एएफसी च्यालेञ्ज लिग खेल्ने

काठमाडौं । नेपालका शिर्ष दुई टोली चर्च ब्वाईज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सन् २०२४–२५ सिजनका लागि प्रतिष्ठित एएफसी क्लब लाइसेन्स हात पारेका छन् ।
एन्फाको क्लब लाइसेन्सीङबारे निर्णय गर्ने विभाग फस्र्थ इन्स्टेन्स बोडी (एफआइबी) को आवश्यक अध्ययन र निरीक्षण पश्चात चर्च ब्वाईज र आर्मीलाई एएफसी कलब लाइसेन्स प्रदान गरिएने एन्फाले जनाएको छ ।
यो निर्णयसँगै चर्च ब्वाईज र आर्मीलाई एएफसीको विभिन्न गतिविधी र प्रतियोगिताहरुमा सहभागिता जनाउने बाटो पनि खुलेको छ । साथै नेपालको ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईजले प्रतिष्ठित एएफसी च्यालेञ्ज लिग खेल्ने पनि पक्का भएको छ ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न