News
ब्रिटिश ओपन एसइइ फुटसल कप हुने
तिलोत्तमा । ब्रिटिश गामर स्कुल, तिलोत्तमा–१४, रुपन्देहीको आयोजनामा आउँदो जेठ १८ र १९ गतेका दिन प्रथम ब्रिटिश ओपन एसइइ फुटसल प्रतियोगिता हुने भएको छ ।
आयोजक स्कुल कै फुटसल कोर्टमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने