News पाँचथर जिल्ला लिगः सयपत्री र पाँचथर युनाइटेडको जित
गोलनेपाल

पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा यहाँ जारी पाँचथर जिल्ला ए डिभिजन लिग अन्तर्गत सयपत्री क्लब र पाँचथर युनाइटेडले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा सयपत्रीले राईजिङ स्टार स्र्पोटिङ क्लबलाई २–१ ले हरायो । सयपत्रीको जितमा लोकेन्द्र थापा र साजन राईले गोल गरे । पराजित राईजिङका लागि सोम राईले एक मात्र गोल फर्काए ।

दोस्रो खेलमा पाँचथर युनाइटेडले पल्लेटार युवा क्लबलाई ३–२ ले निराश तुल्यायो । पाँचथरका लागि दिपेश वेधा, सुवास लक्सम, सुदिप योङयाले गोल गरे । पराजित पल्लेटारका लागि भने बिमल जबेगु र हेमराज सम्वाहाम्फेले गोल फर्काएका थिए ।

Post Comments