News २८ बिघा भरतपुर १८ गोल्डकपको फाइनलमा
गोलनेपाल

चितवन । कमब्याक जित हात पार्दै सेन्ट्रक कलेज २८ बिघा युवा क्लब सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लाई ३-१ ले हराउँदै २८ बिघा उपाधि नजिक पुगेको हो ।

२८ बिघाको जितमा लक्षु थापा, अजित लामा र आदित्य शाक्यले एक-एक गोल गरे । बिएफसीका रिचार्ड विल्सनले एक गोल गरे । खेलमा अग्रता भने बिएफसीले लिएको थियो । पहिलो हाफको सातौं मिनेटमा रिचार्डको गोलमा बिएफसीले अग्रता लिएको थियो । उनले फोफोना इब्राहिमको एसिस्टमा गोल गरेका थिए ।

तर उसको अग्रता पहिलो हाफसम्म पनि टिकेन । पहिलो हाफको अतिरिक्त समयमा लक्षु २८ बिघाका लागि बराबरी गोल फर्काए । उनले समिराज थोकरको पासमा गोल गरे । दोस्रो हाफमा २८ बिघाले दुई गोल थप्यो ।

दोस्रो हाफको नवौं मिनेटमा दुबै टिम १०-१० खेलाडीमा सीमित भए । बिएससीका विवेक गुरुङले दोहोरो पहेँलो कार्ड तथा २८ बिघाका गणेश हमालले रातो कार्ड पाउदै मैदान छाडे । दोस्रो हाफको २३ औं मिनेटमा अजितले सुन्दर गोल गर्दै २८ बिघालाई २-१ को अग्रता दिलाए । ३२ औं मिनेटमा आदित्यले उत्कृष्ट गरेको २८ बिघा ३-१ ले विजयी भयो । २८ बिघाका अजित म्यान अफ दि म्याच भए ।

२८ बिघाले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा भोलि आयोजक भरतपुर १८ र रोयल जिम हाउस सूर्यपुर एफसी भिड्नेछन् ।

Post Comments