News सियारीलाई प्रथम बाउन्नकोटी कपको उपाधि
सुरज राना मगर

सुपौली । झिनो अन्तरको जितका साथ यहाँ सम्पन्न प्रथम बाउन्नकोटी कप फुटबल प्रतियोगिताको उपाधि सियारी–१ ले जितेको छ । फाइनलमा सियारीले तिलोत्तमा–१४ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

सुपौली खेलमैदानमा भएको खेलमा सियारीका लागि सुगम सेन ठकुरीले गरेको एक मात्र गोल सियारीलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

विजेता बनेको सियारी–१ ले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता तिलोत्तमा–१४ ले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक सियारी–१ का अरुण चौधरी चुनिए भने उत्कृष्ट डिफेन्डर तिलोत्तमा–१४ का अनुप बुढा घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि तिलोत्तमा–१४ का मनिष पुन घोषित भए ।

उत्कृष्ट प्रशिक्षक सियारी–१ का बिक्रम सेन ठकुरी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार सियारी–१ कै सुगम ठकुरीले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने तिलोत्तमा–१४ का रोहित पुन घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रम प्रमुख अतिथी नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय अध्यक्ष बिष्णु तिवारी, सियारी गाउँपालिका–१ का अध्यक्ष अरुण शाही, आयोजक बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिल बहादुर क्षेत्री लगायते पुरस्कृत गरेका थिए ।

Post Comments