काठमाडौं । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो ।
डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का गुरुङले खेलाडीको उच्च प्रदर्शनको कदर गर्दै प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ प्रदान गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्की सदस्य समेत रहेकी एन्फा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामामार्फत सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी उक्त रकम गुरुङले उपलब्ध गराएका थिए ।
सोही रकम एन्फा महिला फुटबल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको कार्यक्रममा हस्तान्तरण गरिएको हो । गुरुङकी श्रीमति उमा र अध्यक्ष लामाले खेलाडीलाई रकम हस्तान्तरण गरे ।
त्यस्तै सोही कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित ८ जनालाई जनही २० हजारका दरले उपलब्ध गराएको रकम पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो । स्मरण रहोस, वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसंग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो ।
- थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीमा ३१ खेलाडी
- एपिएफ क्लबलाई मकवानपुर महिला गोल्डकपको उपाधि
- राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ कै निरन्तरता
- प्रिती राई चोटिल
- नेपाली महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४८ खेलाडी बोलाइए, थाईल्याण्डसँग मैत्रीपूर्ण म्याच पनि खेल्ने