News
प्रितीको घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी स्टार मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया सम्पनन भएको छ । गत साता साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपतर्फ जोर्डन विरुद्धको फाइनल खेलमा प्रिती चोटिल बनेकी थिईन् ।
प्रतियोगिताको समापन पश्चात् स्वदेश फर्किदा पनि प्रिती ह्वीलचेयर मै विमानस्थलमा देखापरेकी थिईन् । एन्फाका अनुसार प्रितीको बि एण्ड बी सफल शल्यक्रिया सम्पन्न भएको छ । यद्यपि उनी पूर्ण फिट हुन समय लाग्ने पनि बताइएको छ ।
साथै यो शल्यक्रियासँगै प्रिती केही महिना मैदान बाहिर रहने पनि निश्चित छ । स्मरण रहोस, प्रितीले चर्चित भारतीय वुमन्स आई लिगमा किक स्टार्ट एफसीका लागि अनुवन्धित भएर खेलेकी थिईन् । तर, अब शल्यक्रिया पश्चात उनले आई लिगको खेलहरु पनि गुमाउने भएकी छिन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)