काठमाडौं । गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
सानो गौचरण मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले एकलब्यलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेले । गेटवेका लक्ष्मण उप्रेती ‘म्यान अफ द म्याच’ घोषित भए ।
उपाधिमा दोहोरो ह्याट्रिक गर्ने अभियानमा रहेको पिस प्वाइन्टले अर्को सेमिफाइनलमा मनकामनालाई ३–१ गोलले हरायो । विगतका पाँचै संस्करणको उपाधि जितेको पिस प्वाइन्टका लागि राहुल लामाले २ तथा पवन बुढाथोकीले १ गोल गरे । मनकामनाका मानव लामाले १ गोल फर्काए । पिस प्वाइन्टका नितेश मोक्तान ‘म्यान अफ द म्याच’ चुनिए ।
फाइनल बुधबार हुनेछ । त्यसै दिन तेश्रो स्थानका लागि पनि खेल हुनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने छन् ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय