काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपतर्फ फाइनल प्रवेशका लागि आज दुई सेमिफाइनल खेलहरु हुँदैछन् । जस अन्तर्गत नेपालले दोस्रो सेमिफाइनलमा लेबनानको सामना गर्दैछ ।
खेल जेद्दाह शहर स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा राती १०ः४५ बजेदेखि शुरु हुनेछ । फिफा वरियताको १०५औं स्थानमा रहेको नेपाल र १३४औं स्थानमा रहेको लेबनान बीचको खेलमा नेपाललाई बलियो प्रत्याशीका रुपमा हेरिएको छ ।
समूह चरणतर्फ शतप्रतिशत जितका साथ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल आत्मविश्वासी पनि छ । उता समूह उपविजेताका रुपमा समूह ए बाट सेमिफाइनलमा स्थान बनाएको लेबनान गत संस्करणको उपविजेता पनि हो र लगातार दोस्रो फाइनल प्रवेश गर्न नेपाललाई कडा चुनौति दिन तयार पनि छ ।
त्यस्तै मंगलबार नै हुने पहिलो सेमिफाइनलतर्फ आज साविक विजेता जोर्डन र प्यालेस्टाइन भिड्दै छन् । जोर्डन समूह ए को विजेता हो भने प्यालेस्टाइन समूह बी को उपविजेता हो । प्रतियोगितामा यसपटक पनि जोर्डनलाई दावेदारका रुपमा हेरिएको छ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा