
काठमाडौं । करिब दुई वर्ष अघि फुटबलमा राम्रो सम्भावना र क्षमता हुँदाहुँदै अकस्मात घातक क्यान्सर रोगले थलिन पुगेका प्रिजेन तामाङले जिन्दगीलाई जितेर फेरि मैदानमा फर्किएका छन् ।
क्यान्सर रोग लागेको थाहा भएपछि सक्रिय फुटबलबाट टाढिएका प्रिजेनले डेढ वर्ष अनेक उपचार मै जिवन व्यतित गर्नपर्यो । तर, सबैको हौसला, साथ र आफ्नो आत्मबल कै कारण प्रिजेन फेरि मैदानमा फर्किन सफल भए ।
प्रिजेनले आइतबार भएको केपी ओली कपतर्फ एनआरटी विरुद्ध थ्रीस्टारका लागि वैकल्पिक खेलाडीका रुपमा खेले । भलै थ्रीस्टार सो खेलमा पराजित हुन पुग्यो, तर प्रिजेनले भने जिन्दगीलाई जितेको महत्वपूर्ण सफलता आत्मसात गरे ।
नेपालको सबै जसो उमेर समूहबाट देशको प्रतिनिधित्व गरिसकेका प्रिजेनले साफ यु–१९ च्याम्पियनसिपको उपाधिसँगै सागमा नेपालका लागि स्वर्ण पनि जितिसकेका छन् । त्यसो त चर्चित फ्रेन्चाईज नेपाल सुपर लिगको पहिलो संस्करण पनि प्रिजेन काठमाडौं रेजर्सका लागि खेल्दै जित्न सफल भएका थिए ।
समग्रमा प्रिजेनको यो अविस्मरणीय पूनःरागमन सबैका लागि प्रेरणा बन्नेछ । जिन्दगीलाई जितेर फेरि सक्रिय फुटबलमा फर्किएका प्रिजेनसँग अब फेरि उपाधिहरु जित्ने हुटहुटी पनि छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै