काठमाडौं । आशा लाग्दा युवा डिफेन्डर अन्जन राई पनि अन्य खेलाडीहरु सरह सुनिश्चित भविष्यका लागि अष्ट्रेलियालाई गन्तव्य बनाएर विदेशिएका छन् । राष्ट्रिय खेलाडीहरुको पछिल्लो गन्तव्य बनेको अष्ट्रेलिया पुग्ने अन्जन नयाँ नाम मात्र हो, त्यहाँ पुग्ने खेलाडीहरुको सूची भने लामो बनिसकेको छ ।
फिफा विश्वकप छनौट र एएफसी एसियन कप छनौटतर्फ राष्ट्रिय टोलीमा स्थान बनाउन सफल अन्जनले गत नोभेम्बरमा युएई विरुद्ध अन्तर्राष्ट्रिय डेब्यु पनि गरेका थिए । क्लब फुटबलमा नेपाल पुलिस क्लबका लागि गत सिजन ए डिभिजन लिग समेत खेलेका अन्जन क्लब फुटबल मै गरेको उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा परेका थिए ।
राष्ट्रिय टोलीमा भर्खरै जग बसाल्ने जमर्को गरिरहेका बेला अनिश्चित नेपाली फुटबल कै कारण आफ्नो सुनिश्चित भविष्यको खाका कोर्न अन्जन पनि विदेशिन बाध्य बनेका हुन् । युवा खेलाडीहरुको पनि विदेश पलायनले नेपाली फुटबललाई दिर्घकालिन नकरात्मक असर पर्ने निश्चित देखिएको छ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने