News
हेमजा बोडिङ स्कुललाई उपाधि

हेमजा। लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा भएको अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोडिङ स्कुलले हात पारेको छ ।
स्नो भ्यु इङलिस बोडिङ स्कुल र हेमजा बोडिङ स्कुल बिच भएको फाइनल खेलमा हेमजा बोडिङले ०-२ गोलले बिजयी भएको छ । हेमजा बोडिङको तर्फबाट जर्सि न ११ का समीर कुँवर र जर्सि न ७ का बिनय नेपालीले गोल गरेका थिए ।
हेमजा बोडिङका बिशाल गुरुङ उत्कृष्ट खेलाडी धोसित भए । त्यस्तै सर्वादिक गोलकर्तामा बिनय नेपाली, उत्कृष्ट गोल रक्षक स्नो भ्युका सदिस कार्की साथै बेस्ट प्लेमेकर स्नो भ्युका प्रबेश कार्की धोशीत भएका थिए। त्यसैगरी अनुशाशीत समुहमा गौरीशंकर मा.बि रहेको छ ।
खेलकुदको माध्यमबाट विद्मार्थी युवाहरुमा एकता भाइचारा सम्बन्ध कायमं गर्दै विद्मालय बालबालिकालाई खेलकुदमा अभिरुची जगाई राख्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा हेमजामा रहेका ७ माध्यमिक बिद्यालयको सहभागीता रहेको थियो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने