News
आरसीटीको फुटबल प्रशिक्षण कार्यक्रम सृुरु
काठमाडौं । काठमाडौं महागनरपालिकासको सहयोगमा अन्नपूर्ण आरसीटीको आयोजनामा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
उत्कृष्ट युवा खेलाडीको उत्पादन उद्देश्य राखेर ग्रास रुट स्तरको यो फ्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । कार्यत्रम लैनलोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यमा सुरु भएको हो ।
प्रशिक्षक प्रत्येक शनिबार र विदाको दिन संचालन हुनेछ । यसमा आठदेखि १४ वर्षसम्मका १ सय २५ खेलाडीको सहभागिता रहेको छ । त्यसमध्ये १९ बालिका रहेका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई बल हस्तान्तरण गर्दै कार्यक्रममा सुरु गरे ।
वरिष्ठ प्रशिक्षक श्रेष्ठलाई सन्जीव खड्गी, हरिओम श्रेष्ठ, अर्जुन लामा, सुरेश शाही र दामोदर सिल्पकारले सहयोग गर्नेछन् । आयोजक क्लबका अध्यक्ष सुरेश शाक्यका अनुसार प्रशिक्षण कार्यक्रमले काठमाडौं उपत्यकाबाट फुटबल खेलाडी उत्पादन हुने प्रक्रियामा सहयोग पुग्नेछ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि