News हिमालयन र फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

अस्नैया । हिमालयन सामुदायिक विकास केन्द्र, कञ्चन–४ र फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–४, स्थित रुद्रपुर माविको खेलमैदानमा भएको पहिलो खेलमा हिमालयनले डिएस युनाइटेड, बुटवललाई शून्यका विरुद्ध ४ गोलले हरायो । खेलमा हिमालयनका मनोज क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा फर्साटिकरले सुनगाभा विकास केन्द्र, कञ्चन–४ लाई ४–१ ले निराश तुल्याये । खेलमा फर्साटिकरका अवतार थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुस २६ गते बिहीबार १२ बजे हुने पहिलो क्वाटरफाइनल खेलमा आयोजक रुद्रपुर युवा क्लब, रुद्रपुर र राजेश आस्था फाउण्डेशन, कपिलवस्तु भिड्ने छन् भने २ बजे हुने दोस्रो क्वाटरफाइनलमा मुर्गिया फुटबल क्लब, सैनामैना र देवदह ब्वाईज, देवदहबीच हुने खेल संयोजक दृष्टि रानाले जानकारी दिए ।

रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ २ गतेका दिन हुनेछ ।

Post Comments