
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार प्ले अफमा पुग्ने थप दुई टोलीहरुको टुंगो लागेको छ । दिनको दोस्रो खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि १–० को जित निकाल्दै प्ले अफ यात्रा तय गर्यो ।
दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको अतिरिक्त समयमा आन्द्रेज नियाले गरेको एक मात्र गोल काठमाडौंलाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो । निया नै प्लेयर अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो नतिजापछि ८ खेलबाट १२ अंक जोड्दै काठमाडौं तेस्रो स्थानमा रहेर प्ले अफका लागि छनौट भयो । हारका बावजुद चौथो स्थानमा रहेको ललितपुरले पनि प्ले अफमा स्थान सुरक्षित गर्यो । ललितपुर, झापा र बुटलको समान १०–१० अंक रहे तापनि राम्रो गोल भिन्नतामा ललितपुर भाग्यमानी बन्यो ।
शनिबार नै भएको दिनको पहिलो खेलमा बुटवलले बिरगंज युनाइटेडलाई समान १–० ले हराए तापनि त्यो जित अर्थहिन बन्यो । स्मरण रहोस, १५ अंक जोडेको लिगलिडर पोखरा र १३ अंक जोडेको धनगडीले यसअघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन् ।
योसँगै लिगको प्ले अफ समिकरण पनि पूरा भएको छ । लिगको इलिमिनेटरमा काठमाडौं र ललितपुर नै भिड्ने छन् । त्यस्तै क्वालिफायरमा भने पोखरा र धनगढी आमने सामने हुनेछन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै