
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सोमबार पोखरा थन्डर्सले सिजनको पहिलो हार बेहोर्दा काठमाडौं रेजर्सले रोमाञ्चक जित हात पारेको छ । दशरथ रंगशालामा भएको एक मात्र खेलमा काठमाडौंले रोमाञ्चक पूनःरागमन गर्दै पोखरालाई २–१ ले हरायो ।
खेलमा गोलको सम्भव भने दोस्रो हाफमा मात्र भयो । ५७औं मिनटमा आयुष घलानको गोलबाट पोखराले खेलमा अग्रता बनाए पनि काठमाडौंले खेलको अन्तिमतिर नाटकीय पूनःरागमन गर्यो । ८२औं मिनटमा जुनियर एन्केन्गुले काठमाडौंका लागि बराबरी गोल फर्काए ।
लगतै खेलको अन्तिमतिर इन्जुरी समयमा शोकरिख महमदुछोजियवले काठमाडौंका लागि दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाउन निर्णायक बने । खेलका निर्णायक गोलकर्ता शोकरिख नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो जितपछि ५ खेलबाट ८ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ । उता सिजनको पहिलो हार बेहोरेको पोखराको पनि समान ८ अंक छ र गोलभिन्नताले पछि पर्दै लिगतालिकाको चौथो स्थानमा छ । शिर्ष स्थानमा भने ९ अंक जोडेको ललितपुर सिटी छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै