News
पोखरा भर्सेज काठमाडौंः हेभिवेट भिडन्त

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा आज अपराजित रहेको पोखरा थन्डर्स र साविक विजेता काठमाडौं रेजर्स भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको खेल हेभिवेट भिडन्तका रुपमा पनि हेरिएको छ ।
चार खेलबाट दुई जित र दुई बराबरी सहित ८ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा रहेको पोखराले आज आफु अनुकुल नतिजा निकाल्न सके लिगतालिकामा स्पष्ट अग्रता सहित शिर्ष स्थानमा उक्लिने छ ।
उता चार खेलमा १ जित, २ बराबरी र एक हारसहित ५ अंकका साथ पाँचौं स्थानमा रहेको काठमाडौंलाई फेरि शिर्षताको होडसँगै शिर्ष चारमा उक्लिने अवसर पनि छ । युवा, स्टार र केही अनुभवी खेलाडीहरुले भरिएका यी दुई टोली बीचको भिडन्त रोमाञ्चक नै हुने अनुमान गरिएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै