
काठमाडौं । दोस्रो नेपाल सुपर (एनएसएल) तर्फ बिहीबार भएको एक मात्र खेलमा एफसी चितवन र बुटवल लुम्बिनी फुटबल क्लबले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
शुरुवाती अग्रता लिएर पनि त्यसलाई अन्तिम समय जोगाउन नसक्दा चितवन बराबरीमा रोकिन पुग्यो । खेलको ४८औं मिनटमा उत्सव राईको गोलबाट चितवनले खेलमा अग्रता बनाएको थियो । राईको प्रहार बुटवलको गोलरक्षकले सही रुपमा नियन्त्रणमा लिन नसक्दा चितवनले अग्रता बनाएको थियो ।
तर त्यो अग्रता चितवनले अन्तिम समयमा गुमाउन पुग्यो । इन्जुरी समयमा बक्स नजिकैबाट चितवनको गोलरक्षकलाई बिट गर्दै स्टेफन समिर बिनोङले बुटवलको बराबरी गोल गर्दै टोलीको हार टार्नुका साथै चितवनसँग अंक खोस्न पनि सफल भएका थिए ।
खेलमा चितवनका टोरिक जेब्रिन म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । यो नतिजापछि ४ खेलबाट ५ अंक जोडेको चितवन लिगतालिकाको पाँचौं स्थानमा छ भने ४ अंकका साथ बुटवल छैठौं स्थानमा पुगेको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय