News चन्द्रागिरि अन्तर वार्डकप: फाइनलमा वडा ९ र ४ भिड्ने
गोलनेपाल

काठमाडौं । नैकाप फुटबल मैदानमा जारी चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वडा ९ र ४ बीच हुने भएको छ । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा वडा ९ ले वडा १५ लाई १–० गोलले हराएको थियो भने दोस्रो सेमीफाइनल खेलमा वडा ४ ले पेनाल्टी सुटआउटमा वडा ८ लाई ५–४ गोलअन्तरले पराजित गरेको थियो ।

सेमीफाइनलमा जीत पक्का गरेसँगै वडा ९ र ४ ले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएका छन् । फाइनल खेल शनिबार दिउँसो साढे २ बजे देखि सुरु हुनेछ ।

मंसिर ८ गतेबाट सुरुभएको चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगितामा १४ वटा वडाले सहभागिता जनाएको थियो । वडा ११ खेलाडी नहुँदा प्रतियोगितामा सहभागी हुन नसकेको चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता समितिका अध्यक्ष नेशन महर्जनले बताए ।

चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा म्यान अफ द म्याच प्राप्त गर्ने खेलाडीलाई चटामरी द नेवारी रेष्टुरेण्टले १५ सय बराबरको खाना वा खाजाको व्यवस्था गरेको छ ।
Post Comments