News
प्रिसिजन म्याचः काठमाडौंसँग बिरगंज पराजित
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेका दुई टोली काठमाडौं रेजर्स र बिरगंज युनाइटेड फुटबल क्लबले आइतबार प्रिसिजन अभ्यास खेल खेलेका छन् ।
सो खेलमा नेपाल सुपर लिगको पहिलो संस्करणको विजेता समेत रहेको काठमाडौं रेजर्सले यसै संस्करणदेखि पहिलोपटक सहभागिता जनाउन गईरहेको बिरगंज युनाइटेडलाई ३–२ ले हरायो ।
यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित नेपाल सुपर लिगको उद्घाटन खेल मै काठमाडौं रेजर्सले इलामको सामना गर्दै सिजनको शुरुवात गर्दैछ । उता बिरगंजले भने मंसिर १० गतेका दिन धनगढीसँग खेल्दै लिगको शुरुवात गर्ने तय भईसकेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै