काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) र द डिडियर ड्रोग्बा फाउण्डेशनले संयुक्त रुपमा २० लाख रुपैया प्रधानमन्त्री राहत कोषलाई उपलब्ध गराएको छ । हालै जाजरकोटमा गएको भुकम्पमा परि आहत बनेका नेपाली नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यका साथ उक्त रकम उपलब्ध गराइएको हो ।
नेपाल सुपर लिगको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.की अध्यक्ष आश्रयता कार्की चौधरी, निर्देशक श्रेयान्स कार्की र सिइओ सुदिप शर्माले प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटी २० लाखको चेक हस्तान्तरण गरे ।
आफूहरुको यो सहयोग र सहकार्यले भूकम्पपिडितहरुलाई केही हदसम्म राहत महशुस गर्न मिल्ने विश्वास लिएको अध्यक्ष कार्की चौधरीले बताईन् ।
स्मरण रहोस, आइभोरी कोस्टका लिजेण्डरी फुटबलर डिडियर ड्रोग्बाले भूकम्पपिडितका लागि आफ्नो फाउण्डेशनले सकेको सहयोग गर्ने बताएका थिए । साथै ड्रोग्बा नेपाल सुपर लिग कै लागि भनेर नेपाल पनि आउँदै छन् ।
दोस्रो नेपाल सुपर लिग (एनएसएल) यही मंसिर ८ गतेदेखि शुरु हुँदैछ । लिगमा यसपटक कुल ९ टोलीहरुले सहभागिता जनाउँदै छन् ्। लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न