News प्रिसिजन म्याचः काठमाडौंसँग बिरगंज पराजित
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेका दुई टोली काठमाडौं रेजर्स र बिरगंज युनाइटेड फुटबल क्लबले आइतबार प्रिसिजन अभ्यास खेल खेलेका छन् ।

सो खेलमा नेपाल सुपर लिगको पहिलो संस्करणको विजेता समेत रहेको काठमाडौं रेजर्सले यसै संस्करणदेखि पहिलोपटक सहभागिता जनाउन गईरहेको बिरगंज युनाइटेडलाई ३–२ ले हरायो ।

यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित नेपाल सुपर लिगको उद्घाटन खेल मै काठमाडौं रेजर्सले इलामको सामना गर्दै सिजनको शुरुवात गर्दैछ । उता बिरगंजले भने मंसिर १० गतेका दिन धनगढीसँग खेल्दै लिगको शुरुवात गर्ने तय भईसकेको छ ।

Post Comments