News
मैत्रीपूर्ण खेलमा राष्ट्रिय फुटबल टोलीको जित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार भएको एक मैत्रीपूर्ण खेलमा उत्कृष्ट जित हात पारेको छ ।
उत्कृष्ट जित निकाल्ने क्रममा नेपालले पहिलोपटक दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको बिरगंज युनाइटेड फुटबल क्लबलाई ४–२ ले हरायो । नेपाली टोलीका लागि सन्जिव विष्टले दुई गोल गरे भने दिनेश हेन्जन र राजेश परियारले थप एक–एक गोल गरे ।
स्मरण रहोस, विश्वकप र एसियन कप छनौट अन्तर्गत समूह एचमा परेको नेपालले युएई, बहराईन र यमनसँग खेल्ने कार्यक्रम छ । नेपालले छनौट प्रतियोगिताको आफ्नो पहिलो खेल यही नोभेम्बर १६ तारीखका दिन दुबईमा युएईसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)