काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को एसियन क्वालिफायरतर्फ नेपाल र अष्ट्रेलिया बीच हुने खेल सर्ने सम्भावना रहेको बताइएको छ ।
हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसकै कारण मार्चको अन्तिमतिर नेपाल मै हुन गईरहेको अष्ट्रेलिया र नेपालबीचको खेल सर्न सक्ने सम्भावना रहेको अनलाईनखबरले समाचार प्रकाशित गरेको छ ।
खबरअनुसार अष्ट्रेलियाले नेपालसँगको खेल सार्नका लागि एसियाली फुटबल महासंघ (एएफसी) मा पत्राचार गरेको बताइएको छ । उता एएफसीले पनि आफ्नो आधिकारिक पेजमा बढ्दो कोरोनाको त्रासलाई ध्यानमा राख्दै फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौट २०२३ का खेलहरु गर्ने वा सार्नेबारे आवश्यक छलफल गर्न फिफासँग भेटघाट गर्ने जनाएको छ ।
साथै फिफासँगको आवश्यक बैठक र छलफलपछि नै थप निर्णय लिने एएफसीले आफ्नो पेजमा उल्लेख गरेको छ । स्मरण रहोस, फिफा विश्वकप छनौटतर्फ नेपालले २६ मार्चका दिन चाइनिज ताइपेइसँग र ३१ मार्चका साथ अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने तय भईसकेको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि