![](https://goalnepal.com/np/uploads/news/1583377685.jpg)
धनगढी । कैलालीको अत्तरियामा विहीवारदेखि हुने दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
पिएफए स्पोर्टस क्लव अत्तरियाको आयोजनामा यहि फागुन २२ गतेदेखि २८ गतेसम्म हुने राजधानी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको हो । मालिका खेल मैदान तेघरीमा हुने प्रतियोगिताको सवै तयारी सकिएको प्रतियोगिताका संयोजक सन्तोष भट्टले जानकारी दिए । प्रतियोगितामा मा विभिन्न ११ टिमको सहभागीता रहेका छ ।
प्रतियोगिताको उद्घाटन खेलमा फारवेष्ट पशुपति युवा क्लब र मनकामना युवा क्लब भिड्ने भएका छन् । प्रतियोगितामा उद्घाटन र समापन वाहेकका दिन दैनिक दुई खेल सञ्चालन हुने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा आयोजक पिएफए अत्तरियासँगै मनकामना युवा क्लब, फारवेष्ट पशुपति युवा क्लब, नवदुर्गा युवा क्लब, वनदेवी युवा क्लब, नेपालगंज स्पोर्टस ११, माउण्ट एभरेष्ट युवा क्लब, मसुरीया फुटबल एकेडेमी, स्टार सिटी क्लब, उक्सेन युवा क्लब दाङ र घोडाघोडी युवा क्लबले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष योगेश भट्टले बताए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीलाई पनि जनही १५–१५ हजार नगद सहित पुरस्कृत गरिने आयोजकले बतायो । प्रत्येक खेलको म्यान अफ द म्याचले पनि तीन हजार नगद पाउने छन् ।
प्रतियोगिता आयोजनाका लागि सामाजिक विकास मन्त्रालय, गोदावरी नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, रिलायन्स लाईफ ईन्सोरेन्स, जनरल ईन्सोरेन्स कम्पनी, भागेश्वर ग्रुप, कैलाली जिल्ला खेलकुद विकास समिति, कैलाली जिल्ला फुटवल संघ, अखिल नेपाल फुटवल संघ, पदमा अस्पताल, ग्रिन गोदावरी रिसोर्ट, होटल नमस्ते, वेष्टर्न प्लाजाले सहयोग गरेको आयोजक क्लबका अध्यक्ष भट्टले बताए ।