
काठमाडौं । बहुप्रतिक्षित दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा जुटेको एफसी चितवनले त्यसका लागि आफ्नो स्क्वाडमा स्पेनिस डिफेन्डर इभान गोन्जालेजलाई अनुवन्ध गरेको छ ।
चितवनले बिहीबार मात्रै यी ३३ वर्षिय स्पेनिस सेन्टर ब्याकको अनुबन्धबारे आफ्नो सामाजिक सञ्जालमार्फत समेत घोषणा गरेको छ । स्पेनिस महारथी रियल मेड्रिडको युथ हुँदै सी स्क्वाडबाट पनि खेलेका इभान अनुभवी डिफेन्डर समेत हुन् ।
स्पेन कै अन्य दोस्रो डिभिजनको क्लबहरुबाट व्यवसायीक फुटबल खेल्दै केही वर्ष यता इण्डियन सुपर लिग (आएसएल) मा एफसी गोवा र ईष्ट बंगालबाट पनि खेलिसकेका इभानको आगमनले चितवनको टोली थप बलियो हुने विश्वास गरिएको छ ।
स्मरण रहोस, चितवनको मार्की खेलाडीमा राष्ट्रिय गोलरक्षक बिशाल श्रेष्ठ रहेका छन् भने आइकोनिक खेलाडीमा बिमल घर्ती मगर रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा भने भारतका खालिद जमिल रहेका छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न