काठमाडौं । फिफा विश्वकप छनौटतर्फ पहिलो चरणको छनौट खेल खेल्ने तयारीमा रहेको नेपालले त्यसका लागि आवश्यक तयारी गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका उपाध्यक्ष दिपक खतिवडालाई संयोजकको जिम्मेवारी दिएको छ ।
एन्फाको आकस्मिक बैठकले खतिवडाको संयोजनमा विश्वकप छनौटको आवश्यक तयारी गर्ने निर्णय गरेको हो । स्मरण रहोस, नेपालले विश्वकप छनौट अन्तरगत लाओससँग यही अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा छनौट खेल खेल्दैछ ।
साथै बैठकले विश्वकप छनौटतर्फ १२ अक्टुबरका दिन दशरथ रंगशालामा हुने खेलका लागि टिकटदर पनि निर्धारण गरेको छ । जसअन्तरगत सामान्य पारापिटतर्फ ३०० र भिआईपी पारापिटतर्फ ५०० टिकट मुल्य निर्धारण गरिएको छ ।
साथै टिकट व्यवस्थापन गर्नका लागि एन्फा कै केन्द्रिय सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ तथा प्रवक्ता सुरेश साहलाई जिम्मेवारी दिने निर्णय पनि आकस्मिक बैठकले गरेको छ ।
त्यसवाहेक बैठकले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरन राईको वर्खास्तीबारे आगामी कार्तिक २३ गते हेटौडामा हुने विशेष साधारणसभामा छलफल र निर्णय गर्ने बताइएको छ ।

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)