News
साफ यु–१९ च्याम्पियनसिपमाथि भारतको ह्याट्रिक
काठमाडौं । लगातार तेस्रो फाइनल जित्दै साफ यु–१९ च्याम्पियनसिपको उपाधिमाथि डिफेन्डिङ च्याम्पियन भारतले ह्याट्रिक जमाएको छ । सन् २०१९ मा नेपाल मै भएको साफ यु–१९ च्याम्पियनसिपको उपाधि पहिलोपटक जितेको भारतले उपाधिमाथि ह्याट्रिक पनि नेपाल मै जमायो ।
शनिबार दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा भारतले पहिलोपटक सहभागिता जनाईरहेको परस्पर प्रतिद्वन्द्वी पाकिस्तानलाई ३–० ले हराउँदै लगातार तेस्रोपटक उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा सेमिफाइनलमा पाकिस्तानले भुटानलाई टाईब्रेकरमा हराएको थियो भने भारतले पनि आयोजक नेपालमाथि टाईब्रेकर मै जित निकाल्दै उपाधि नजिक पुगेको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल