काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा प्ले अफ खेलेको बुटवल लुम्बिनी फुटबल क्लबले दोस्रो संस्करणका लागि बिजय महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । महर्जन एएफसी ए लाईसेन्स प्रशिक्षक समेत हुन् ।
क्लबले मुख्य प्रशिक्षक महर्जनको नियुक्तीबारे आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि घोषणा गरेको छ । क्लबले शुक्रबार मात्रै लिजेण्डरी नेपाली क्रिकेटर शक्ति गौचनलाई आफ्नो ब्राण्ड एम्स्याडोरमा नियुक्त गरेको थियो ।
स्मरण रहोस, बुटवल लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका चर्चित मिडफिल्डर एरिक बिष्टले अनुवन्ध भईसकेका छन् । दोस्रो नेपाल सुपर लिगका लागि यही असोज १३ गते शनिबार खेलाडीहरुको लिलामी हुँदैछ ।
यसपटकको नेपाल सुपर लिग आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । लिगमा कुल ९ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको समापन भने पुष १४ गतेका दिन हुनेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान