काठमाडौं । डेउ फुटबल क्लब, दक्षिण कोरियाको आयोजनामा आगामी अक्टुबर २९ तारीखका दिन चौथो डेउ फुटसल कप हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारीसँगै अक्टुबर २४ तारीखसम्म इच्छुक नेपाली क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ लाख ५० हजार वोन तोकिएको आयोजकले जनाएको छ ।
दक्षिण कोरियामा नेपाली समुदायहरुबीच हुने फुटसल प्रतियोगिताहरु मध्ये यसपटक यो प्रतियोगिता हालसम्म कै सर्वाधिक धनराशीको रहेको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० लाख वोन हात पार्नेछ भने उपविजेताले २० लाख वोन प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुनेहरुलाई जनही १ लाख वोनसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो । साथै प्रतियोगिता आयोजनाबाट बचत भएको रकमले खेलकुद कोष स्थापना गर्ने योजना रहेको पनि आयोजकले सुनायो ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने