कावासोती । यहाँ शुरु सेन्ट्रल कलेज प्रथम कावासोती कप खुला नकआउट फुटबल प्रतियोगितामा भगवती एकता युवा क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भगवती एकताले भानु युथ एकेडेमीलाई टाईब्रेकरमा ४–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेलमा भगवती एकताका रोशन राना मगर म्यान अफ द म्याच घोषित भए । यो जितसँगै भगवती एकता क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । साथै क्वाटरफाइनलमा भदौ १३ गतेका दिन भगवती एकताले अभिषेक चर्चको सामना गर्नेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कावासोती नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष डोरमान गिरीले गरेका थिए । सो अवसरमा आयोजक क्लबका पदाधिकारीसहित अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
सेन्ट्रल कलेज अठाईस बिगाहा युवा क्लब, नवलपुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ २० गतेका दिन हुनेछ ।
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा